My Blog List

Monday, July 12, 2010

” गजल ”

गजल”नासो”

अर्कैको भै’सके नदेउ तिमी चासो मलाई
रोकेर नियात्रा नलाउ तिमी पासो मलाई ||

सक्दीन कसैको मारेर मन बन्न म’तिम्रो
बुझेर यथार्थ मान’भो तिमी नासो मलाई ||

के’भन्छ समाज मिचेर मूल बाटो छोड्दा
नबनाउ बैरीको ओठको तिमी हाँसो मलाई |

मदन डुम्रे “बिद्रोही

” गजल “

विदेश को अनुभव र यस ले सिकाएका पाठ हरु

हरेक दिन को श्री र इती गाउघर तिर को स्मरण संगै महिना ,हुदै २००९ वर्ष हामी संग बाट बिदाबादीभैसकेको पनि निकै दिन भै सके छ .बितेका हेरेक वर्ष ले केहि न केहि शिक्षा दिएर गए .क्षितिज् पारी को बिरानो मुलुक मा हुदा हुने मानसिक र शरारीक पिडा का बयान आफ्नै ठाउँ मा छन् तर विदेश को बशाई संगै यस ले दिने सिप र अनुभव को पनि कम मुल्य छैन !धेरै देश बाट आएका र अलग अलग सस्किर्ति बोकेका कर्मठ मान्छे हरु संग को कार्य सम्बन्ध (working relasanship)हुन्छ जस बाट धेरै कुरा सिक्न र जान्न पाईन्छ !निकै फरक संस्किर्ती भएका मान्छे हरु संग कसरि घुल मिल भएर काम गर्न सकिन्छ भन्ने कुरो बिसेष गरे र मा टुरिजम क्षेत्र मा भएको ले जान्ने मौका पाय!लामो समय सम्म विदेश तिरै बरालिए पनि आफ्नो ठाउँ को माया त कम हुनेहोइन तर जानकारीको भने अवस्य कमि हुदो रहेछ! विभिन्न संचार मध्येम बाट आएका समाचार को भर पर्नु को विकल्प हुदैन यहाँ !जस मा प्राय समाचार हरु नकारात्मक कुरा ले भरिएको हुन्छ !जस को कारण य खतम भए छ.भन्नु को विकल्प हुदैन .हुन त हरेक घटना मा सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन जुन भाग ले चर्चा पायो तेस कै पछि मान्छे हरु लागिरेका हुनाले त्सको राम्रो पाटो सधै ओझेल मा पर्छ!राम्रो पाटो को कसै लाई ध्यान हुदै न !त्यो त्येतिकै बिलाएर जान्छ!लामो समय को विदेश बसाई लाई केहि दिन तो थाती राखी घर बिदा बसेर आएका हरु लाई सोध्यो भने त नेपाल खत्तम छ अझ हाम्रो स्यांग्जा को त कुरै नगरौ बसी नसक्नु छ भने जस्ता कुरा प्राय मान्छे को जिब्रो मा झुन्डिएको पाइन्छ !हुन त उनि हरु ले भने का कुरा पुरै गलत पक्कै होइनन हाम्रो देश ईतिहाश मै सर्बाधिक पिडा बाट गुज्रिरहेको छ ! नराम्रा पक्ष्य पक्कै छन् तर हामी नराम्रा पक्ष्य मै राम्रा पक्ष्य लाई किन नाकेलाउने!देश मा शान्ति भएन भनेर सधै विदेश मै बस्ने कुरा पनि त भयन अवस्य एकदिन त फर्कनै पर्छ रश खोज्न गयको माहुरी माहुरी साझ आफ्नै घार मा फर्के झैँ !यस्तै सोच भए को म त्येस्तै सोच्दै थिए !तर एक दिन मेरो साथी को माद्देम बाट जब मा मेरो स्यांग्जा डट कम मा दिनानु दिन त्यहा सम्पेक्ष्न्न भएका भयका आफ्नै गाउ पाखा का समाचार हेर्न पुगे मेरो मन मा एउटा कुरा ले जरा गाड्यो सबै ले भने जस्तो हाम्रो स्यांग्जा खत्तम भयको रहेन छ स्थिती दयेनिय भयपनि निकै सम्भावना हरु ले हामी जस्तै विदेश मा बर्षौगुजारेका हरु लाई भ्याने झैँ लाग्यो हेर त तिमिहरु को सिप ,जागर निष्ठा तथा परिश्रम आफ्नै माटो मा सदुपयोग गर सबै पक्ष्य बाट तिमि सक्ष्यम् हुने छौ !सबल हुने छौ !कठिनाई कहाँ हुदैनन र त्येहा पनि अवस्य होलान तर संघर्स बिना को सफलता पनि त बेस्वादिलो हुन्छ होइन र ? आर्थिक पक्ष्य मात्र बलियो भयर मान्छे को एकपटक मात्रै पाइने जिन्दगि सफल जिन्दगि हुन्छ जस्तो लाग्दैन !बैंक ब्यालेन्स राम्रै भयपनि मन मा शान्ति छैन भने धन को मात्रै के अर्थ रहयो र ?आखिर एक पटक गएका दिन हरु फेरी फर्केर आउदैनन !हुन त कस लाई पो ईक्ष्या नहोला र आफ्नै परिवार संग आफ्नै गाउ ठाउँ अनि आफ्नै सुगन्धित माटो मा रमाउन! सबै का आ -आफनै बाद्येता र सपना होलान तर आफ्नै देश मै केहि गर्छु भन्ने हरु का लागि माथि उल्लेख गरे झैँ खत्तमै छ स्यांग्जा भन्ठानेर आफ्नो अमुल्य समय यतै खेर नफाल्न बिन्ति मात्रै गरेको हु !स्यांग्जा का किसान हरु ले कफी खेति गरेर लाखौ को कमाई गरे !भन्ने समाचार होस सिर्सेकोट ,पन्चासे अनि सिरु बारी का जनसमुदाय ले पर्येटन ब्यवासाय सुरु गरे होस् अथवा त्रर्यासीको गोलभेडा को पर्संसा होस् वा एकमुरी कोदो फल्ने बारीमा तरकारी खेति गरेरआर्थिक गर्जो टारेको समाचार किन नहोस यी समाचार हरु ले अझै पनि नेपाल मा बस्न नै नसकिने अवस्था पक्कै छैन भन्ने कुरो को राम्रो उदहारण पेस गरे को छ मेरो स्यांग्जा का समाचार हरु ले !यस्तै मा मैले चिनेका एक जना मेरै ठाउँ तिर का भाई विदेश जाने भने र काठमाडौँ को मेंन पावर धाएको धेरै भएको छैन तर उनि विदेश जाने मोह छोडेर नया जागर र नया उत्साहः लियो भने नेपाल मै पनि केहि गर्न सकिन्छ किन विदेश मात्रै ताक्नु भने विचार ले ओत प्रोत भएर वालिंग फर्की सुरु गरे को “ORCHID COMPUTER AND MOBILE HOUSE “ले आहिले आएर राम्रै गरेको छ भने को सुन्दा मलाई लाग्छ गरे के नहुदो रहेछ .ति भाई विदेश पसेका भय के हुन्थियो यसै भन्न सकिन्न यी सबै कुरा सुन्दा आफ्नै ठाउँ तिर पनि निकै सम्भावना हरु लुकेका छन् स्यांग्जा मा बस्नै नसकिने स्थिती अवस्य छैन त्येसैले साथी हरु फर्कौ आफ्नै आफ्नै पाखा पखेरा हरुमा खोजौ त्यतैउन्नति का नया सुत्र हरु .आफ्नै धुलो मा संघर्स गरौ पसिना आफ्नै माटो मा बगाउ अनि सदुपयोग गरौ विदेश मा रहदा सिकेका सिप हरुको !हामी जस्तै युवा जमात कस्सीयर लाग्ने हो भने हाम्रो नेपाल राम्रो हुन कति दिन पो कुर्नु पर्ला र ?.
जादा जादै
बाचे आफ्नै गाउ मा बाचौ मरे आफ्नै ठाउँ मा मरौ
कति बस्ने विदेश मा आफ्नै ठाउँ मा केहि गरौ
अरु को भर मा कति बस्ने अब त आफै केहि गरौ
हलो जोतौ मौरी पालौ उधोग खोलौ केहि त गरौ
अरु को बाटो कति हिड्ने अब त आफ्नै बाटो हिडौ
विदेश मा संघर्स गर्ने पर्छ स्वदेश मै हामी संघर्स गरौ
कति बस्ने विदेश मा आफ्नै ठाउँ मा केहि गरौ
बाचे आफ्नै गाउ मा बाचौ मरे गाउ मा मरौ
मदन डुम्रे “बिद्रोही” थुमपोखरा-५
छोरेखर्क
हाल दोहा कतार
publish in www.merosyangja.com

“रहर” गजल

कसैलाइ आफ्नो ठानी बाँच्ने रहर छ
काँडाबीच फूल छानी भाँच्ने रहर छ ||

सुनसान खालिमन एक्लो जीवन यो

उनको माया मन भरी साँच्ने रहर छ||

पानी बिना माछी सरी कति तड़पनु

कस्तो होला साथ उनको जाँच्ने रहर छ||

धेरै बिते रातहरु उनकै पर्खाई मा

बैसालु ति धुन संगै नाच्ने रहर छ ||

मिलनको पल कस्तो होला ”बिद्रोही”?

जुनेली त्यो रात संगै हाँस्ने रहर छ ||

मदन डुम्रे ”बिद्रोही”
स्याङ्जा नेपाल

२७ बैशाख २०६७

लोक गजल

समय कती छिटो गा’को सुन्तली
बिर्सियौ कि’त माया ला’को सुन्तली||

पिंढीमा खेल्दै हामी पुग्दा ढिकीमा
देखेर खायौ गाली बा’को सुन्तली ||

घाँसले डोको भरी राख्दा भिरमा
पल्टिदा डोकै दुख पा’को सुन्तली ||

माहारा जाने निहु पारी दुबैले
आमाले राख्या घिउ खा’को सुन्तली||

कस्ता’ति दिन पनी सम्झेँ हँसाउने
झगडा गर्दा राती भा’को सुन्तली||

मदन डुम्रे “बिद्रोही”
थुमपोखरा ५ छोरेखर्क स्याङ्जा

“कान्छी” लोक गजल

लेक लाग्ला लेक तिर यसो बेसी झर कान्छी
बाझै रह्यो खोला खेत आई मकै छर कान्छी ||

टाढा भयो हाम्रो पाई नजीक् मन भए पनि
बरु म’नै आउ कि’त काट्ने गरि खर कान्छी ||

निकै दिन’भो नसम्झेको कता छौ र आज भोलि ?
छैन आउने समय’त सम्झी फोन गर कान्छी ||

अस्ति मैले बाबा संग तिम्रो कुरो गरी हेरे
तिमी पनि आमा संग कान्मा कुरो भर कान्छी ||

कुल्की छोरी हुन्न भन्छन् भाग्न एसै घर छाडी
कुरो मिलाई सबै सित मन्’को पुल तर कान्छी ||

मदन डुम्रे “बिद्रोही”
थुमपोखरा ५ छोरेखर्क स्याङ्जा
***************************
दोहोरि कान्छीको यसरी:
***************************
बेंसी झर्दा गर्मी हुन्छ, बरु लेकै आउन कान्छा,
मकै-रोटी मिठो हुन्न, गहुँकै रोटी खाउँन कान्छा ||

हो नि कान्छा मन् त नजिक, तिमी टाढा गए पनि,
खरको घर के नै भर, टिन कै पाता छाउन कान्छा ||

मनको कुना-कुना हेर, त्यहिँ पुग्छु आज-भोली,
फोन गर्ने पैसा छैन, घरै तिर धाउन कान्छा ||

बाबा संग मात्रै होइन, कुरा गर सबै संग,
कसो गरी कान भरुँ ? बरु दर्शन पाउन कान्छा ||

बा-आमाकी एक्ली छोरी,मैले भाग्न कैले हुन्न ,
बिहे गर अनि मात्र, तिम्रो घर जाउँन कान्छा ||

किरण टि लिम्बुनी |
London, Grays, United Kingdom

गजल

संगै राखी काखमाथि त्यै हातले पिलाइदेउ
थोरै तिम्रो नशा थपी नजरले मिलाइदेउ ||

निकै बिझे काँडाहरु संघर्षले शरीरभरी
तिम्रै ओठ्ले खिलहरु सम्हालेर जिलाइदेउ||

ठाउँ देखि स्वजनले दिएका यी घाउलाई
धागो कसी ममताको खटनले सिलाइदेउ||

मेरो मन डराउछ कतै तिमी जाने होकी ?
बसी बास मुटुभित्र बिस्वाश नै दिलाइदेउ||

सबै खुसि बरालिए एक्लोपरी “बिद्रोही”लाई
तिमी आई जीवनमा फुलैफुल खिलाइदेउ||

मदन डुम्रे “बिद्रोही”
थुमपोखरा५ छोरेखर्क स्याङ्जा

“बन्द भएको मेरो देश” गजल

यात्री हरु अलपत्र बाटो नभेट्दा
कसो गरी बन्द खुल्छ साटो नभेट्दा ||

जताततै अस्त ब्यस्त मात्रै अशान्ति
कहाँ बाट सुरु भयो फाटो नभेट्दा ||

ज्यामी पनि हात बाँधी बस्नु पर्नेभो
काम गरी पेट पाल्ने माटो नभेट्दा ||

बुझ्ने हरु नबुझेझै किन अलमल
अशान्तिले निम्त्याउने पाटो नभेट्दा ||

कति दिन बस्ने हामी लड्दै आपसमै
आफ्नै घरको धुरी कस्ने भाटो नभेट्दा ||

मदन डुम्रे “बिद्रोही”
स्याङ्जा नेपाल

२१ बैशाख २०६७

“उनको याद” गजल

गार्हो भयो उनलाई भेट्न नपाउदा

उर्लिएका तिर्षनायी मेट्न नपाउदा ||
कहाँ भेटु भेटु लाग्ने मननै तड्पिएर
संगै बसी भावनायी साट्न नपाउदा ||

याद बनि सल्किदिने उनको मिठो माया
आफै लाई आफैले’नै ढाटन नपाउदा ||

क्षितिज् भरी देख्छु उन्कै मुस्कान संगै छाँया
नसालु ति नजर् लाई रेट्न नपाउदा |

कैले काही सपनीमा आउने आशा लाग्छ
बिपनीमा कसैगरी भेट्न नपाउदा ||

मदन डुम्रे “बिद्रोही”
२० बैसाख २०६६

“गजल” गाँउबेशी

एकान्त ले गिज्याँउछ गाँउबेशी गर्दापनि
लहर ले जित्छु भन्छ मन्’को नदी तर्दा पनी||

बाटो भरी काँडै काँडा बिछोड ले रोपीदिदा
हिंड्छु भन्ने कस्तो चाह अश्रु धारा झर्दा पनी||

जीवन यो यस्तै रै’छ खुसीका पल् भेट्नै गार्हो
ठिकैभा’को भान हुने मुटु अन्तै सर्दा पनी ||

रुँनु भन्दा गार्हो हुने आफै लाई सम्झाउन
रमाउने प्रयास मै आफ्नो मन मर्दा पनि||

मदन डुम्रे “बिद्रोही”
थुमपोखरा५ छोरेखर्क स्याङ्जा

“याद” गजल

आज तिमी याद संगै आँखा बाट छ्ल्क्यौ जानु
जानी जानी मीठो पीडा दीन किन पल्क्यौ जानु ||

आयौ सामु छाँया बनि टोलाउदा एक्लै मैले
नशा भयो तिम्रो माया आगो जस्तै सल्क्यौ जानु||

राख्छु भन्थे ज्यान लाई लुकाएर आफै संग
तिमी भने मुटु भित्रै ओत लागी ढल्क्यौ जानु ||

सपनी मै भएपनी भेटौ भन्ने चाह राखेँ
छट्पटीमै बित्यो रात प्रभात् संगै टल्क्यौ जानु ||

तिम्रै हुने मन थियो काहाँ पुग्यो सोच्या मैले ?
अर्कै संग नाता जोडी सूलसरी बल्क्यौ जानु ||

मदन डुम्रे “बिद्रोही”
थुमपोखरा ५ छोरेखर्क

प्रियसी संग बिछोड हुदा (कविता)

कति बसौ बिछोडमा नै अब छिट्टै फर्किदै छु सानु,
तिमीलाई भेट्न आउँदै छु म दोबटोमा पर्ख है त सानु ।

दुइ दिन को छोटो जीवन यो मरिजाने चोला,
तिमीलाई रुवाइ बिदेशिय हातमा बोकी झोला।
धेरै धन कमाएर खुसि राख्ने सपना देख्दा,
अनायेसै रुवायेछु नजानेरै तिमीलाई सानु ।।

भो चाहिदैन धन र सम्पती तिम्रो माया पाए पुग्छ सानु ,
भन्थ्यौ तिमीले सम्झियर अहीले मन दुक्छ सानु।
धनको अर्थ के नै रहयो मन मा शान्ति नभए पछि,
चिन्तामा नै दिन बिताउदै हौली मैले छोडेर आएपछी ।।

हौली तिमि मेला पात, घास दाउरा गर्दै बन पाखामा,
सजाएर आउँदै छु म तिम्रै तस्बिर दुई आँखामा सानु।
तिम्रै यादमा कति रात कोल्टे फेर्दै बिताउदा,
तिमीलाई पनि उस्तै होला सानु सम्झनाले सताउदा।।

बिछोडको बयान के गरौ सानु तिमीलाई पनि उस्तै होला,
मैले जस्तै सम्झिएर तिम्रो मन पनि रुन्थ्यो होला।
सपनिमा देख्दा तिमीलाई सन्सारै म भुल्ने गर्थे सानु
बिपनिमा तिम्रै यादमा तड्पिएर एक्लै दुल्ने गर्थे सानु ।।

कस्ता भा छन् बाबा आमा कस्तो भए होला गाऊ
सोच्दा पनि मिलन को पल उमङ्ग ले छोड्छ ठाउँ
कति बसौ बिछोडमा नै अब छिट्टै फर्किदै छु सानु,
तिमीलाई भेट्न आउँदै छु म दोबटोमा पर्ख है त सानु ।

मदन डुम्रे "बिद्रोही"
थुमपोखरा ५ छोरेखर्क
हाल दोहा कतार
Wednesday, January 20, 2010

"संगै हिड्नु परे पछी "

रिसाउछौ किन नानी संगै हिड्नु परेपछि
सुख दुख संगै हिड्छु भनि बाचा गरे पछि

माया दिनु कर्तब्य हो सिउदो मैले भरेपछि
हासी खुसि हिड नानी संगै हिड्नुपरे पछि

तिम्रो मुस्कान स्वर्ग देख्ने मलाई परेपछि
माया दिन सिक नानी तिमि कसै को बने पछि

रिसाउछौकिन नानी संगै हिड्नु परे पछि
बचन को घाउ साह्रो हुन्छ दुख्छ छाती लागेपछि

गन्तब्ये यौटै हुनुपर्छ दुइ मुटु एक भय पछि
एक्ला एक्लै किन हिड्ने पुग्नु उही भय पछि

तिम्रो हात मा मेरो हात छ फर्की हेर तिम्ले पछि
तिम्रो साथ को आशा राखी तिमि संगै हिडेपछि

यात्रा सजिलो हुन्छ नानी साथ कसै ले पाए पछि
लामो बाटो छोटो हुन्छ साथी संगै भय पछि

. मदन डुम्रे "बिद्रोही"
थुमपोखरा-५ छोरेखर्क
हाल - दोहा कतार

कविता " हजुर"

सुखी हुदा साथ दिने धेरै मान्छे भेटे हजुर
दुख पर्दा पिठ्यु फर्काई हिड्ने पनि दखे हजुर ||

माया गर्छु तिमीलाईभनि मिठो कुरा गर्ने हरु
पर्सि पल्ट अरु संगै हिडेको पो' भेटे हजुर
दुनिया त स्वार्थी छ नै आफन्त नि कम छैनन्
आफन्तले डुबाएर बिजोग भा'का देखे हजुर||

पैसा हुदा आफन्त को लहरै पो' चल्ने रै'छ
सकिये'सी पैसा उसलाई चिन्दिन पो भने हजुर
आफु लाई चिन्नु पनि ठुलो कुरा रै'छ नि त
आफै लाई नचिनेर लड्ने मान्छे भेटे हजुर||

दुनिया त स्वार्थी छ नै तर पनि बाँच्नु पर्ने
मर्छु भन्दा मर्न नपाई बाँचेका नि देखे हजुर
साथी हु'म भन्ने हरु कति सम्म निस्ठुरी त?
मित्रता को साइनो बाट नाफा घाटा जोख्न्ने हजुर

अर्कै संग रिसाएर अनि बाटो हिड्दै गर्दा भेटे पछि
साथी संग पुरानो रिश पोख्न्ने हजुर
यस्तै रैछ दुनिया बिना स्वार्थ आफ्ना छैनन्
स्वार्थी जस्तै भय पनि साथी पनि चाहिने हजुर||

उसै संग हिड्नु पर्ने उसै लाई विश्वास गर्ने
बिना साथी संसार छैन बिना माया साथी हजुर ||

मदन "बिद्रोही"
गुरुवार, 12 नवम्बर 2009

(केही समय अगाडी नै सिर्जित यो कविता यहाँ हरु माझ राख्न पाउदा खुशी लागेको छ )

"सानी छोरी"

टुकुन टुकुन हिडछिन अरे मेरी सानी छोरी
बाबा खोइ त?सोध्छिन अरे उनि घरि घरि

उनको तोते बोलि सुन्दा सुन्नेजती लठ्ठपर्ने
निश्चल मन को भावना ले उनले त्यस्तो प्रश्नगर्ने
न त मैले देखे को छु न त उनलाई भेटेको छु
उनको सुन्दर मुहार मैले मनै भित्र कोरेको छु

पटक पटक बाबा खोइ त भनि उनले सोध्छिन अरे
बाबा नआई माम नै खान्न भनि मुहार बिगार्छिन रे
कोहि बाटो हिडेको देखि मेरो बाबा हो कि भनि
मम्मी संग सोद्धा मलिन हुन्छिन उनकी मम्मी पनि

उनको बालापन देखि पुरै घर भाबुक हुन्छ रे
त उनको नादानी देखि देखि धेरै जना रुन्छन रे
त टुकुन टुकुन हिडछिन अरे मेरी सानी छोरी
नचिन्ने पो हुन् कि उनले डर मलाई लाग्छ घरि

धेरै दिन छैन अब भेट्न उनलाई मैले तर
नचिनेर अंकल भनि बोलाऊछिन् कि भन्ने डर
उनको मिठो बोलि सुन्न मलाई निकै हतार भाछ
उडी जाउ कुदी जाउ भने जस्तै मलाई भाछ

टुकुन टुकुन हिडछिन अरे मेरी सानी छोरी
बाबा खोइ त?सोध्छिन अरे उनि घरि घरि

मदन डुम्रे "बिद्रोही"
थुमपोखरा५ छोरेखर्क
हाल - दोहा कतार
मेरी सानी छोरि "मन्दीका"