My Blog List

Friday, March 4, 2011

नयाँ यात्रा नयाँ गोरेटो

नयाँ यात्रा नयाँ गोरेटो
जिन्दगीको अर्थ खाली बाँच्नु मात्रै होइन
कमाएको नाम आफै साँच्नु मात्रै होइन ||
चिरिएको मुटु बोकी हिड्छौ कता कता
दिन गन्दै मनले औला भाँच्नु मात्रै होइन

Saturday, September 18, 2010

आफ्नो मन खोज्दा खोज्दै आफै हराएछु
देखि आफ्नो रुप यहाँ आफै डराएछु ||

Saturday, August 21, 2010

गजल "मैले"



















खाए लाग्छ थाहा थियो फेरी पनि खाएँ मैले

सुन्ने यहाँ कोहि छैन फेरी पनी गाएँ मैले||


नचिनेर आफ्नै छाँया आफै संग भागी भागी

अनायासै आफ्नै मनका सयौ घुम्ती धाएँ मैले ||


मैले हिड्ने बाटो भरी सजाईएका फुल थिए

अर्कै बाटो लागी आफै पाउनु दुख: पाएँ मैले||


चोट माथि चोट दिई जानी जानी आफै लाई

नसुनेर मनको कुरा धेरै पर आएँ मैले ||


टुटी जाने तारा जस्तै खुसी हरु हराउदा

फाटेको यो मन जोडी मुस्कानले छाएँ मैले


मदन डुम्रे"बिद्रोही"

थुमपोखरा --५, स्याङ्जा

Tuesday, August 17, 2010

गजल "ठुली"

तिम्रो याद ओस बनी शीत संगै आयो ठुली

प्रभातको पवनले तिम्रै गीत गायो ठुली ||


मेला पात गाउँ बेसी एक्लो हुन्छ तिमी बिना

तिम्ले भन्या संगै बसौ सम्झी मुटु खायो ठुली||


रुदै हौली सम्झी सम्झी बिगतका पल हरु

आँसु सम्झी तिम्रो आज झनै माया लायो ठुली ||


कमाएर खुसी हरु आँचल् तिम्रो भर्छु भन्दा

जिन्दगीको गगनमा कालो बादल् छायो ठूली||


१ भदौ २०६७

मदन डुम्रे "बिद्रोही"

Saturday, August 14, 2010

"भावना पोखिदा"

निकै दिन भो केहि नलेखेको| पहिला नोट बुक मा लेख्थे दैनिक जस्तो जाँगर चल्थ्यो तर जब यी हात हरुमा कि बोर्ड र माउस खेल्न थाले आफ्नै हात अल्छि भए || लेख्ने मन हुदा हुदै पनी जाँगर ले धोका दिन्थ्यो |मलाई दैनिकी लेख्दा आनन्द आउछ सबै पिडा हरु अथवा मन का भावना हरु चुप चाप सुनी दिन्छ कलम ले सबै कुरा थाहा हुन्छ कलम लाई |जैले बाट फेसबुक को आगमन भो कपि तिर ध्यान गएनछ|हुन त गजल ,कविता हरु लेख्ने गति बढेको छ साथी हरु को हौसला बाट लेख्ने प्रेरणा मिल्छ | सुझाब ले कलम तिखार्न मद्धत हुन्छ ||
कतारको दुई बर्षे बसाई सकिनै आटेको छ घर फर्कने तयारीमा मन तल्लिन छ फेरी पनि किन कुन्नि आज फेरी लेख्न मन लाग्यो| दिन हरु बित्ने क्रम जारी छ केहि भएन यी दुइ बर्ष मा आफु लाई बेचेर केहि धन आर्जन गर्नु भन्दा ||१० बर्षे कतार बसाई ले मलाई के दियो निकै समय सोचे मैले कति सोचे सोचे गिन्ती छैन || आफै लाई त्यस बिषयमा कति दिन सम्म जोति रहे तर केहि लागेन उत्तर छैन आफु संग || मैले आफु ले चाहेको कुरा कैले गरिन आफ्नी लागि कैले बाँचिन|| काँध मा ठुलो कर्तव्यको भारी बोकेर हिडेको म हरेक पाईला मा होसियार हुनु जरुरी ठान्दा ठान्दै आफु थाकेको पत्तै पाएनछु| जब पछाडी फर्केर हेरे खोइ पुग्नु पर्ने कहाँ कहाँ म त आधि बाटो मै रहे छु || फेरी चिन्ता रुपी छेपारा हरु दौडिए मन भरी कति काटे काटे तर घाउ आफै संग रह्यो ||| म आफै लाई कति सम्हाले सम्हाल्ने जीवन मा सबै भन्दा गार्हो आफै लाई सम्झाउन हुदो रहेछ || मेरो अनुभवले यस्तै भन्छ |
मुना को बारेमा सोच्दा पनि मन अमिलो हुन्छ || उनको मेरो जीवन मा आगमन मलाई मेरो भाग्य लाग्छ || उनि दुखले छटपटाई रहदा म कोसौ दुर थिए |उनको साथ मै हुनु पर्ने बेला म उनि संग हुन सकिन |उनको बारेमा सोच्ने समय म संग हुदैन कैले काही||उनलाई आवस्यक परेको बेला म निस्ठुरी जस्तो भएर सुनेको नसुन्यै गरे जस्तो गरें ................फेरी पनी उनको मा प्रति कुनै गुनासो आज सम्म सुनेको छैन ||

खासै केहि गर्न नसकेको निस्कर्ष मा पुगेको मेरो मन कतार देखि मोह भङ्ग भए जस्तो लाग्यो आफै लाई || अर्को बाटो को खोजि को लागि आफन्त भन्ने हरु संग भला कुसारी गरे तर सबैले मदन ले अझै कतार मै केहि बर्ष आफुलाई बेचे हुन्थ्यो जस्तो सल्लाह दिए घुमाउरो पारा मा |उनि हरु गलत पनि होइनन जस्तो लाग्छ मलाई नै ||अब मलाई कतार को बसाई देखि वाक्क लागि सके छ | जीवन लाई अन्तै मोड्ने दह्रो मन बनाएको छु| यसरी चलिरहेको बाटो लाई अन्तै मोड्न सजिलो पक्कै छैन तर ...............................................|
भन्छन समय ले सबै सिकाउछ हेरुम न समय ले कहाँ सम्म लिएर जादो रहेछ || अब यहाँ को बसाई धेरै दिन छैन सोचे जस्तो भएमा केहि दिन मै म नेपाल मा हुनेछु दुख सुख जे जस्तो भएपनि आफ्नै जन्म भुमि मै बस्ने मेरो रहर कति सम्म पुरा हुन्छ त्यो त भबिस्य ले देखाउने छ तर प्रयास मेरो पुरा रहने छ | केहि समय म आफ्नो लागि बाँच्न चाहन्छु पुरा स्वास लिएर हेर्न चहान्छु जीवन कस्तो हुन्छ हेर्न चाहन्छु
| उनीले एक पटक भनेकी थिइन् पैसा कमाउन्जेल सबैको प्यारो भईन्छ केहिदिन नकमाएर हेरुम कस्तो हुदो रहेछ ||के जीवन खाली अर्थ आर्जनको लागि मात्रै हो ?अवस्य होइन | सुख आफ्नो भाग्य मा लेखेको रहेनछ भने दुख संग के डराउनु || केहि समय भए पनि उनि संगै बिताउन मैले कती सम्म हर्जाना तिर्नु पर्ने रहेछ त्यो पनि विचार हुने भो || मैले यस भन्दा अगाडी कोरेका मेरा भावना हरु को संगालो हरु ( दैनिकी हरु )मलाई मात्रै थाहा छ सायद मुना लाई पनि होला यदी उनले पढेको भए तर यस पटक मेरो भावना हरु यहाँ सामु पनि बाडे || मैले ब्लग मा लेख्न सुरु गरेको मुस्किल ले चार महिना भएहोला निकै कुरा सिकईसकेको छ यस ले || संसार भर मा पुर्याएको छ ब्लग ले मलाई ||आफ्नो भावना पोख्ने थलो भएको छ ब्लग मेरो लागि || पहिला कोरेका कापी का पाना का ति अमुर्त अक्षर हरु सुकेर पातला भयेहोलन तिनीहरु संग फेरी साक्षत्कार गर्ने साईत जुर्ला नजुर्ला यहाँ ले मेरो भावना पढिदिनु भएको मा धन्यबाद संगै आजको लेखाई लाई यहि बिट मारे|

शुभ प्रभात ||
मदन डुम्रे "बिद्रोही"
२९ साउन २०६६
बिहान ५.४५
दोहा कतार

Tuesday, August 10, 2010

गजल"बाँच्दै छु"

हाँस्दैछु परेलीमा आँसु सुकाएर
बाँच्दैछु मनभित्र पिडा लुकाएर ||

पराई आफ्नो छाँया हुदा आफै संग
खोज्दैछु आफै लाई साहस् जुटाएर ||

टाढीदा लक्ष्य हरु खोज्दै भेट्ने बाटो
हिड्दैछु अनायासै घाउ खुटाएर

भिजायो आफै लाई भत्की मन्को बाँध
थुन्दैछु आफ्नै मिठा आशा फुटाएर ||


मदन डुम्रे"बिद्रोही"

स्याङ्जा/नेपाल
२५ साउन २०६७

कविता "हामी नेपाली हरु "

जननीको आँखाबाटै आफ्नो संसार देख्ने उ
उनकै कम्पित हातबाट बिदाको साईत् लिएर
लम्कियो नयाँ गन्तब्य तिर
सोच्यो बिदेसिनु अभिसाप त होइन? !
तर! त्यहाको परिदृश्य हरु नियाल्दै
उसलाई भन्न मन लाग्छ
उफ !हामी नेपाली हरु ||

प्राय जसो अर्थहीन समाचारले लत्पतिएका
अखबार हरुमा टासिएको खबर!
कोहि गहिरो निद्राबाट जागेन सदाको लागि
कोहि साहुको ऋणबाट मुक्ति खोज्यो सदाको लागि
उसका चक्षुहरु रसाउदै भन्छन
उफ!हामी नेपालीहरु ||

त्यहाँ बाचेकाहरु पनि कम मरेका छैनन्
सुर्योदय भन्दा पनि अगावै देखि
निरन्तर चलिरहेका गैती र बेल्चा
संग प्रगाढ साईनो गाँसेका उनीहरु
तर समय को तिरस्कारमा परेका उनीहरु
महिनौ भै सक्दा पनि तलब नपाएका हरु
प्रगतिको निसान क्षितिज् पारी सम्म
नदेखेर सुकेका ओठबाट
अनायासै निस्किन्छ
उफ! हामी नेपालीहरु |||

स्वदेश तिर फर्केर हेर्दा
उ देख्छ,
लडीरहेका आपस मै
फुटीरहे का आपस मै
कुर्सिको लागि जनको
टाउको टेकेर रमाएका
कुदृश्य हरु
फेरी घामले डढेको
ललाट् खुम्च्याउदै
भन्छ उ !
उफ! हामी नेपाली हरु ||

मदन डुम्रे "बिद्रोही"

थुमपोखरा ५ स्यांग्जा

Tuesday, August 3, 2010

गजल "मेरो गाउँ"





















सपनीमा
मेरो गाउँ धेरै पछी आएँ आज
हराएको खुसी मेरो धेरै पछी पाएँ आज ||

उस्तै छन डाँडा पाखा हुर्किएको ठाउँ प्यारो
चौतारीको चिसो हावा धेरै पछी खाएँ आज ||

कान्छी उस्तै माया उस्तै बोलि कती मिठो
उनि संगै चोखो माया धेरै पछी लाएँ आज ||

बहाना'भो मिलनको खुसी साट्ने सबै संग
सबै संगै मिठो गीत धरै पछी गाएँ आज ||

आफु लाई आफै संग पाए जस्तै लाग्दा यहाँ
रसाएको छानो मनको धेरै पछि छाएँ आज

मदन डुम्रे "बिद्रोही"
स्याङ्जा/ नेपाल

Monday, July 26, 2010

गजल "आज"

दुख:साटी मन संग मुटु संगै रुन्छु आज

पीडा सबै आँसु संगै पखालेर धुन्छु आज|


एक्लो पायँ आफै लाई एकान्तमा टोलाउदा

सम्हालेर ढुकढुकी उसैसंग हुन्छु आज||



आशा बोकी हिडेको'थे खुसी संग भेट होला

बाटो भरी चोट भेटें पीडा अर्कै सुन्छु आज||




माया गर्दा आफै लाई कस्तो होला "बिद्रोही"ले ?

फूल सारी मनको भीर आँसु भेल थुन्छु आज||



मदन डुम्रे"बिद्रोही"

११ साउन २०६७

स्याङ्जा /नेपाल



















Sunday, July 18, 2010

" गजल "

***************************
गजल
***************************
छैन तिम्रो खुसी किन्ने धन म संग
निष्ठुरीको माया अट्ने मन म संग ||

मन भन्दा धन संग नाता जोडेर
नाखोजभो तिमि आफ्नो पन म संग ||

आफै लाई बेच भन्छौ बीच बजारमा
बिक्ने जस्तो बाकी छैन तन म संग||

बसी सक्यौ मन भित्र जान्छु नभन
छैन मनको ताला फोर्ने घन म सं

Friday, July 16, 2010

गजल “सम्झना”

आँसु झर्यो तिम्रो मिठो बातको सम्झनाले
नयनका आँसु पुछ्ने हातको सम्झनाले ||

टोलाउछु एकान्तमा तस्बिर तिम्रै हेरी
माया साटी बिताएको रातको सम्झनाले ||

कोल्टे फेर्दै बिते कती अध्यारा रातहरु
नपिएरै लागेको’त्यो मातको सम्झनाले |

मुटु दुख्छ तिमी बिना जिउदा एक्लै एक्लै
साथ हुदा दिने मिठो घातको सम्झनाले||

मदन डुम्रे “बिद्रोही”
२१ आषाढ २०६७