My Blog List

Saturday, August 14, 2010

"भावना पोखिदा"

निकै दिन भो केहि नलेखेको| पहिला नोट बुक मा लेख्थे दैनिक जस्तो जाँगर चल्थ्यो तर जब यी हात हरुमा कि बोर्ड र माउस खेल्न थाले आफ्नै हात अल्छि भए || लेख्ने मन हुदा हुदै पनी जाँगर ले धोका दिन्थ्यो |मलाई दैनिकी लेख्दा आनन्द आउछ सबै पिडा हरु अथवा मन का भावना हरु चुप चाप सुनी दिन्छ कलम ले सबै कुरा थाहा हुन्छ कलम लाई |जैले बाट फेसबुक को आगमन भो कपि तिर ध्यान गएनछ|हुन त गजल ,कविता हरु लेख्ने गति बढेको छ साथी हरु को हौसला बाट लेख्ने प्रेरणा मिल्छ | सुझाब ले कलम तिखार्न मद्धत हुन्छ ||
कतारको दुई बर्षे बसाई सकिनै आटेको छ घर फर्कने तयारीमा मन तल्लिन छ फेरी पनि किन कुन्नि आज फेरी लेख्न मन लाग्यो| दिन हरु बित्ने क्रम जारी छ केहि भएन यी दुइ बर्ष मा आफु लाई बेचेर केहि धन आर्जन गर्नु भन्दा ||१० बर्षे कतार बसाई ले मलाई के दियो निकै समय सोचे मैले कति सोचे सोचे गिन्ती छैन || आफै लाई त्यस बिषयमा कति दिन सम्म जोति रहे तर केहि लागेन उत्तर छैन आफु संग || मैले आफु ले चाहेको कुरा कैले गरिन आफ्नी लागि कैले बाँचिन|| काँध मा ठुलो कर्तव्यको भारी बोकेर हिडेको म हरेक पाईला मा होसियार हुनु जरुरी ठान्दा ठान्दै आफु थाकेको पत्तै पाएनछु| जब पछाडी फर्केर हेरे खोइ पुग्नु पर्ने कहाँ कहाँ म त आधि बाटो मै रहे छु || फेरी चिन्ता रुपी छेपारा हरु दौडिए मन भरी कति काटे काटे तर घाउ आफै संग रह्यो ||| म आफै लाई कति सम्हाले सम्हाल्ने जीवन मा सबै भन्दा गार्हो आफै लाई सम्झाउन हुदो रहेछ || मेरो अनुभवले यस्तै भन्छ |
मुना को बारेमा सोच्दा पनि मन अमिलो हुन्छ || उनको मेरो जीवन मा आगमन मलाई मेरो भाग्य लाग्छ || उनि दुखले छटपटाई रहदा म कोसौ दुर थिए |उनको साथ मै हुनु पर्ने बेला म उनि संग हुन सकिन |उनको बारेमा सोच्ने समय म संग हुदैन कैले काही||उनलाई आवस्यक परेको बेला म निस्ठुरी जस्तो भएर सुनेको नसुन्यै गरे जस्तो गरें ................फेरी पनी उनको मा प्रति कुनै गुनासो आज सम्म सुनेको छैन ||

खासै केहि गर्न नसकेको निस्कर्ष मा पुगेको मेरो मन कतार देखि मोह भङ्ग भए जस्तो लाग्यो आफै लाई || अर्को बाटो को खोजि को लागि आफन्त भन्ने हरु संग भला कुसारी गरे तर सबैले मदन ले अझै कतार मै केहि बर्ष आफुलाई बेचे हुन्थ्यो जस्तो सल्लाह दिए घुमाउरो पारा मा |उनि हरु गलत पनि होइनन जस्तो लाग्छ मलाई नै ||अब मलाई कतार को बसाई देखि वाक्क लागि सके छ | जीवन लाई अन्तै मोड्ने दह्रो मन बनाएको छु| यसरी चलिरहेको बाटो लाई अन्तै मोड्न सजिलो पक्कै छैन तर ...............................................|
भन्छन समय ले सबै सिकाउछ हेरुम न समय ले कहाँ सम्म लिएर जादो रहेछ || अब यहाँ को बसाई धेरै दिन छैन सोचे जस्तो भएमा केहि दिन मै म नेपाल मा हुनेछु दुख सुख जे जस्तो भएपनि आफ्नै जन्म भुमि मै बस्ने मेरो रहर कति सम्म पुरा हुन्छ त्यो त भबिस्य ले देखाउने छ तर प्रयास मेरो पुरा रहने छ | केहि समय म आफ्नो लागि बाँच्न चाहन्छु पुरा स्वास लिएर हेर्न चहान्छु जीवन कस्तो हुन्छ हेर्न चाहन्छु
| उनीले एक पटक भनेकी थिइन् पैसा कमाउन्जेल सबैको प्यारो भईन्छ केहिदिन नकमाएर हेरुम कस्तो हुदो रहेछ ||के जीवन खाली अर्थ आर्जनको लागि मात्रै हो ?अवस्य होइन | सुख आफ्नो भाग्य मा लेखेको रहेनछ भने दुख संग के डराउनु || केहि समय भए पनि उनि संगै बिताउन मैले कती सम्म हर्जाना तिर्नु पर्ने रहेछ त्यो पनि विचार हुने भो || मैले यस भन्दा अगाडी कोरेका मेरा भावना हरु को संगालो हरु ( दैनिकी हरु )मलाई मात्रै थाहा छ सायद मुना लाई पनि होला यदी उनले पढेको भए तर यस पटक मेरो भावना हरु यहाँ सामु पनि बाडे || मैले ब्लग मा लेख्न सुरु गरेको मुस्किल ले चार महिना भएहोला निकै कुरा सिकईसकेको छ यस ले || संसार भर मा पुर्याएको छ ब्लग ले मलाई ||आफ्नो भावना पोख्ने थलो भएको छ ब्लग मेरो लागि || पहिला कोरेका कापी का पाना का ति अमुर्त अक्षर हरु सुकेर पातला भयेहोलन तिनीहरु संग फेरी साक्षत्कार गर्ने साईत जुर्ला नजुर्ला यहाँ ले मेरो भावना पढिदिनु भएको मा धन्यबाद संगै आजको लेखाई लाई यहि बिट मारे|

शुभ प्रभात ||
मदन डुम्रे "बिद्रोही"
२९ साउन २०६६
बिहान ५.४५
दोहा कतार