My Blog List

Thursday, July 15, 2010

“नसालु हेराई”

नशालु हेराइले मात लाग्ने हो कि ?
नछुँदै हात कतै बात लाग्ने हो कि ?

रोशनी उनीसंगै बास्ना लिई आयो
निभेर दीप कतै रात लाग्ने हो कि ?

मायाको वर्षा गरी फूल रोप्छु भन्दा
नफुली फूल मात्रै पात लाग्ने हो कि ?

बैसालु भेलसंगै बगौ जस्तै लाग्दा
कोमल मनभरि घात लाग्ने हो कि ?

बिताऊँ रात संगै माया साटीसाटी
नसक्दै बात कतै प्रात: लाग्ने हो कि?||

मदन डुम्रे “बिद्रोही”
थुमपोखरा ५ छोरेखर्क

बिवशता ” गजल “

बिवाशता ले टाढा हुदा छोडी गयौ भन्छ्यौ तिमी
देउरालीमा खा’को बाँचा तोडी गयौ भन्छ्यौ तिमी ||

चोखो मनले माया रुपी फुल रोपी छाड्छु भन्दा
सङ्लो यौबन जानी जानी गोडी गयौ भन्छ्यौ तिमी ||

सागर सातै काटेपनी तिम्रै बन्ने चाह मेरो
साटी साईनो पाईला अन्तै मोडी भन्छ्यौ तिमी ||

मन मन्दिर तिम्रो सबै मेरै लागी भन्ने लाग्थ्यो
आफै भगाई मुटु मेरो फोडी गयौ भन्छ्यौ तिमी||

रगत संग अर्थ साटी तिम्रै लागी खुसी खोज्दा
विदेश बसी अन्तै मन जोडी गयौ भन्छ्यौ तिमी ||

मदन डुम्रे “बिद्रोही”
थुमपोखरा ५ छोरेखर्क स्याङ्जा

कविता “अर्थ”

बाँच्नुको अर्थ नसोध यहाँ ?
मरेर पनि बाँची रहेको बेला |
मायाको सिमाना नबाँध यहाँ ?
माया बिनानै तड्पीरहेको बेला ||

समयको मुल्य कसलाई थाहा?
हरेक मिनेट गन्दै बसेको बेला |
जीवनको लक्ष्य त कता छ कता ?
सबै भताभुङ्ग बन्दै गयको बेला ||

साथीको साथ अधुरै रह्यो
अर्थले मायालाई छलेको बेला |
मर्नुको अर्थ के’नै रह्यो र ?
नमर्दै शरीर गलेको बेला ||

मदन डुम्रे “बिद्रोही”

मदन

" गजल "

सर्दै थिएँ पर-पर हाँस्यौ मुसुक्कै
पर्यो नज़र आफैलाई बिर्से भुसुक्कै ||

तिम्रो रुप यौबनले तान्दा नजिकै
बसौं लाग्यो समीप मै आफैं टुसुक्कै ||

मिलेका ति नयन हेरी बसें घोरिंदै
नानीभित्रै पसौं लाग्यो आज सुटुक्कै ||

घर पनि खाली भा’छ आमा एक्लै छिन
दीप बाली दिए हुन्थ्यो आई लुसुक्कै ||

कती बाँच्नु जीवन यो सधै अलिनु ||
धन्य होला ‘डुम्रे’संग हिंडे खुरुक्कै

मदन डुम्रे “बिद्रोही”

" गजल "

जीवनको हरेक मोडमा समाइदेउ हात तिमी
बिगारेछु ओठको चाल’त बनाइदेउ बात तिमी ||

आफ्नोभन्नु संसार भरमा तिमी मात्रै छैन कोही
सबै हुदा पराई दुख:मा नलाइदेउ घात तिमी ||

कति दिन बिताएँ मधुर मिलनको आशा राखी
फर्कनेछु संगाली सपना सजाइदेउ रात तिमी ||

सुखदुख: साटेर जीवन संगै बाँच्ने संगै मर्ने
बाचा गरी संगिनी मायाको लगाइदेउ खात तिमी ||

थाहा छैन त्यो’हात बिनाको कस्तो हुन्छ यात्रा मेरो
यसैगरी दिनु’है सहारा सबै जुनी सात तिमि
||

गजल “गुनासो”

जलीरह्यो मन मेरो नबोलेरै बस्यौ तिमी
काँचो हुदै छुट्ला माया नासोचेरै कस्यौ तिमी ||

गल्ती भयो अन्जानमै भनी मैले माफी माग्दा
नजरमा आफैँ’ किन नसुनेरै खस्यौ तिमी ||

मन मुटु सबै साटें आफ्नै ठानी तिमीलाई
सबै भुली गुन राम्रा नभनेरै डस्यौ तिमी ||

बिन्ती गर्दा मन फेर्न रीस राग सबै भुली
जानी जानी भुमरीमा नमानेरै पस्यौ तिमी||

जती आँखा तरेपनी पर सरी मन मारी
छाड्ने छैन “डुम्रे” यसै माया जाल्’मा फस्यौ तिमी||