सर्दै थिएँ पर-पर हाँस्यौ मुसुक्कैपर्यो नज़र आफैलाई बिर्से भुसुक्कै ||
तिम्रो रुप यौबनले तान्दा नजिकै
बसौं लाग्यो समीप मै आफैं टुसुक्कै ||
मिलेका ति नयन हेरी बसें घोरिंदै
नानीभित्रै पसौं लाग्यो आज सुटुक्कै ||
घर पनि खाली भा’छ आमा एक्लै छिन
दीप बाली दिए हुन्थ्यो आई लुसुक्कै ||
कती बाँच्नु जीवन यो सधै अलिनु ||
धन्य होला ‘डुम्रे’संग हिंडे खुरुक्कै
मदन डुम्रे “बिद्रोही”
No comments:
Post a Comment