My Blog List

Friday, July 16, 2010

गजल “सम्झना”

आँसु झर्यो तिम्रो मिठो बातको सम्झनाले
नयनका आँसु पुछ्ने हातको सम्झनाले ||

टोलाउछु एकान्तमा तस्बिर तिम्रै हेरी
माया साटी बिताएको रातको सम्झनाले ||

कोल्टे फेर्दै बिते कती अध्यारा रातहरु
नपिएरै लागेको’त्यो मातको सम्झनाले |

मुटु दुख्छ तिमी बिना जिउदा एक्लै एक्लै
साथ हुदा दिने मिठो घातको सम्झनाले||

मदन डुम्रे “बिद्रोही”
२१ आषाढ २०६७

गजल “पिरती”

लगाउँ भने पिरती मुटु फुट्ने डर
नलाउँ भने पिरती बैश छुट्ने डर||

फिकर छैन नहुदा धुन जीवनको
भरौ’त धुन मिलाई दम घुट्ने डर||
रहर पाल्दा कलिलो प्रित कोपिलाको
नफुल्दै फुल असिनाले चुट्ने डर||

देखेर जोडी मनमा साँच्दा सपना’ती
नपुग्दै चाह मनको जोवन लुट्ने डर||
नलाउ भने पिरती “डुम्रे” एक्लै हुने
लाऊँ’त भने पिरती ओठ खुट्ने डर ||

गजल “लजाएर”

समाउछु हात भन्दा तान्यौ लजाएर
निश्चलती नजरले हान्यौ लजाएर||

ढुकढुक हुदा तिम्रो मुटु परी दोधारमा
आफैसंग आफैलाई छान्यौ लजाएर||

द्वार खोलि चाहनाका पर्खी बसेकोथे
कलेजीमै बास बस्न मान्यौ लजाएर||

फुल संग भेट हुदा लोभी भमराको
यौबनले पोल्दो रैछ भन्यौ लजाएर||

मिलनको मधुरश कस्तो हुदो रैछ
समिपले मायालुको जान्यौ लजाएर||

मदन डुम्रे १५ आषाढ २०६७

“बिद्रोही”


गजल “रहर”

मायाको सागर तर्ने रहर भो
कसैको भरमा पर्ने रहर भो ||

के’बाँच्नु बेरङ्ग कोरा कागजझैँ
कसैको तस्बिर भर्ने रहर भो||

पुगेर उनको मिठो सपनीमा
आँखाको निदरी हर्ने रहर भो ||

गाह्रो छ एकलै बाँच्न संसारमा
जुरेमा घरजम् गर्ने रहर भो ||

बाँचेर उनकै निम्ती जुनी जुनी
मायाकै काखमा मर्ने रहर भो||

मदन डुम्रे “बिद्रोही”
२० आषाढ २०६७

गजल “नडराउ”

पूर्णिमाको रातमा बोल्दा नडराउ

चुलिएका चाहना खोल्दा नडराउ||

जून जस्तो मुहार हुदा समिपमा

अंगालोको रापले पोल्दा नडराउ||

मिलनको नशाले हुदै मदहोस
मायाको त्यो मिठास घोल्दा नडराउ||

मधुमास नहोला सधै जीवनमा
कैले काँही यसले टोल्दा नडराउ||

नाफा-घाटा मायामा हुन्न भन्दा पनी
बिछोडले औशीमा मोल्दा नडराउ ||

टोल्दा = झुक्याउँदा
मोल्दा= मूल्य बोल्नु /मोलतोल गर्नु
चाप्लुसी गर्नु

मदन डुम्रे”बिद्रोही”
७ आषाढ २०६७


गजल “सान्नानी “

खुसि लाग्यो मेला भर्न आयौ सान्नानी
अर्म पर्म खेताला’नि लायौ सान्नानी ||

रुझाउदै हिलो खेल्ने रहर् सांच्याथे
फाट्या घुम भोर्ले पात्’ले छायौ सान्नानी||

आमा पनि मक्ख परिन हेर्दै बुहारी’
मिठो मान्दै अर्नी संगै खायौ सान्नानी |

तिम्रो मेरो साथ देखि जल्ने गाउँले
उन्कै सामु असारे गीत गायौ सान्नानी

सुहाउने चोलि कस्तो मिल्या टपक्क
सब्ले भने “डुम्रे “थर पायौ सान्नानी ||
मदन डुम्रे “बिद्रोही”
स्याङ्जा नेपाल


हजुरलाई

आउनु होला भनि बसे कुर्दै म त हजुरलाई
सोचेको छु बाड़छु खुसि भेटे पछि हजुर लाई

दिनु होला बास भनि मन को दैलो उघारेर
पर्खी बसे दोमन को चौतारी मा हजुरलाई
देख्ने चाह तपाईको नानी भित्र आफैलाई
राखौ कि त मुटु भित्र सजाएर हजुर लाई

तपाई को मन मन्दिर मा मुर्ति छ कि कसै को
भेटे पछि सोध्छु भनि साँची रहे हजुर लाई
फुल सिउरी केश माथि हास्दै हिड्यादेखे पछि
नजर ले पछ्याई रहे जुन सम्म हजुर लाई

कर्के आँखा झिम्काउदै हिड्नु भाको साथी संग
लुकी लुकी हेर्दै आय डाडा खर्क माथि सम्म
फेरी कहाँ भेट्न भनि साच्दै थिएँ सपना हरु
डाले घास काट्दै देखे अर्चेले मा हजुरलाई

कुदयो पापी नजर त्येतै मुटु छोड्ला जस्तो लाग्यो
डाले घास को भारी कस्दा हेरी रहे हजुर लाई
त्यो दिन मैले हिम्मत गरि मन को बाध खोल्छु भनि
सुसेली ले बोलायेथे छोरेखर्क बाट हजुर लाई

आउनु हुन्छ फेरी भनि पर्खे को छु हजुरलाई
सुम्पी दिन्छु चोखो जोबान भेटे पछि हजुर लाई



गाउँ फेरिएछ

निकैपछी आँए गाउँ फेरिएछ
लुकामारी खेल्ने ठाउँ फेरिएछ ||
मिलनको दिप बल्दा मनै भरी
मन तर्ने बाटो नाउ फेरिएछ ||

माया उस्तै मिठो हाँस्दा हिमालले
नजरले लाग्ने घाउ फेरिएछ||

आगमन हुदा खुसि आगंनिमा
मुटु साट्ने कस्तो दाउ फेरिएछ||
आफ्नो धर्ति आफ्नै हुदा गाऊँ घर
समयको हाउ भाउ फेरिएछ|

गजल “मनको पीडा

गजल “भुल थियो ”

गीती कविता “सफा मन”

मन्दिरमा होइन देउता आफ्नै मनमा खोज
जानेर पाप पुण्य अशल मार्ग रोज||

नजाउ सुन्दर मुहार तिर खोज सुन्दर मन
सन्तोषमै हुन्छ सुख केहि होइन धन||

आफ्नो धर्ति आफ्नै हुन्छ नहोउ परमुखी
खुसि देखि कसै लाई नहोउ तिमि दुखि: ||

सादा जीवन उच्च बिचार राख आफु संग
भेट्नेछौ सफलता नहुनु कैले दंग||

जीवन यो अमुल्य छ सदुपयोग हुनु पर्छ
नहाँस्नु रुवाएर तिमीलाई पनि रुनु पर्छ ||

कर्म गर धर्म यही बाटो हुदै आउनेछ
धैर्य गर फाटी बादल छिट्टै उषा छाउनेछ||

मदन डुम्रे “बिद्रोही”

“उजेली” गजल

आज हाम्रो मेला भर्न आउ’है उजेली
मैले तिर्न सक्ने पर्म लाउ’है उजेली ||

भरे साँझ गोरे दाईकाँ नारन पुजा रे’
सब्ले बुझ्ने लोक भाका गाउ’है उजेली||

भोली व्यानै संगै जाने माहारा तिमी म’
देबी सामु भाकी कसम् खाउ’है उजेली ||

हाम्रो साथ देखी सबै गाँउले रिसाए
यिन्को आँखा छली घर जाउ’है उजेली ||

धेरै चिन्ता लिने हैन साथमा मै’छुनी
मेरै बनि “डुम्रे”थर पाउ’है उजेली ||

मदन डुम्रे “बिद्रोही”
थुमपोखरा ५ स्याङ्जा

“पिएँ अलि अलि” गजल

मात लाग्छ जानी जानी पिएँ अलिअलि ||
छिया छिया मन जोडी सिएँ अलिअली ||

मुटु दुखी: बेदनाले हुदा अश्रु झरी
नशा संगै पिडा धोई दिएँ अलिअली ||

बिर्सिएर आफै लाई आफै हराउदै
पिउनुको मन्द मजा लिएँ अलिअली ||

कति हाँस्नु रुखो हाँसो घाउ लुकाएर
सबै भुली आफ्नै लागि जिएँ अलिअली ||

पिउदैन कोहि पनी आफ्नै रहरले
नपिउदै होशमा नै थिएँ अलिअली ||

मदन डुम्रे”बिद्रोही”
१६ जेठ २०६७
“मदनले मदिरा सेवन गर्दैन है “

“काली” गजल

हिंड्दै थिएँ बजारमा भेटें कालीलाई
तल्ला घरे साईलाकी कान्छी सालीलाई ||

कता कता सुन्या थिए चर्चा गाउँतीर
बिहे गर्न जुर्याछ’रे यसै पालीलाई ||

कस्तो चट्ट रुपरंग उस्तै जिउडाल
भरी दिन्छु सिउँदोमा भा’को खालिलाई ||

उस्का साथी धेरैदेखेँ थाम्ने नजरले
भेट्नै पर्ने देखे मैले फूल्को मालीलाई ||

फेरी उस्ले के भन्नेहो मनमा काउकूती
जे त होला सहीदिन्छु मिठो गालीलाई||

मदन डुम्रे “बिद्रोही”

“म मरेको बेला”

म मरेको बेला नरुनु तिमी तिम्रो मन रोए पनि
म मरेको बेला नहाँस्नु तिमी जगै सारा हाँसे पनि ||

म मरेको बेला एक्लो नसम्झनु म संगै छु मरे पनि
मर्नु र बाँच्नु ठुलो कुरा होइन नरुनु म मरे पनि ||

एकान्त ले सताउला तर तिमी बाँच्नु छ म मरे पनि
सकिन छल्न टप्प टिपी लग्यो काल कै भर परे पनि ||

निस्ठुरी रहेछ दैब नभने तिमी तिम्रो खुसि हरेर गए पनि
आत्मा तिमि संगै छ हाड मासुको देह मरेर गए पनि ||

नओडाउनु फुल मेरो चिता माथि कात्रै भए पुग्छ पनी
एक पटक फर्केर हेर्नु जलेर खरानी भै सके पनी ||

म मरेको बेला नरुनु तिमी तिम्रो मन रोए पनि
म मरेको बेला नहाँस्नु तिमी जगै सारा हाँसे पनि ||

मदन डुम्रे “बिद्रोही”


“बाटुली” गजल

कति छिटै हलक्कै आयौ बाटुली
जुन जस्तै झलक्कै छायौ बाटुली ||

कस्तो राम्रो सुहा’को गुन्यो चोलीमा
बैस संगै सलक्कै गायौ बाटुली||

कुरा काट्दा पधेर्नी वास्ता नगरी
मेखै मार्ने टलक्कै पायौ बाटुली ||

आफ्नो मन थामेर हिड्नु बाटोमा
फुल सबै ढलक्कै लायौ बाटुली ||

सुनूँ सुनूँ लाइ’रने मीठा कुराले ।
मेरो मन कटक्कै खायौ बाटुली ।।

मदन डुम्रे “बिद्रोही”

“म मरेको बेला”

म मरेको बेला नरुनु तिमी तिम्रो मन रोए पनि
म मरेको बेला नहाँस्नु तिमी जगै सारा हाँसे पनि ||

म मरेको बेला एक्लो नसम्झनु म संगै छु मरे पनि
मर्नु र बाँच्नु ठुलो कुरा होइन नरुनु म मरे पनि ||

एकान्त ले सताउला तर तिमी बाँच्नु छ म मरे पनि
सकिन छल्न टप्प टिपी लग्यो काल कै भर परे पनि ||

निस्ठुरी रहेछ दैब नभने तिमी तिम्रो खुसि हरेर गए पनि
आत्मा तिमि संगै छ हाड मासुको देह मरेर गए पनि ||

नओडाउनु फुल मेरो चिता माथि कात्रै भए पुग्छ पनी
एक पटक फर्केर हेर्नु जलेर खरानी भै सके पनी ||

म मरेको बेला नरुनु तिमी तिम्रो मन रोए पनि
म मरेको बेला नहाँस्नु तिमी जगै सारा हाँसे पनि ||

मदन डुम्रे “बिद्रोही”


मेरो देश “गजल”

मेरो देश लाई माया गर्ने मन को खाँचो छ
गाउ गाऊ को बिकाश गर्ने धन को खाँचो छ ||

छैन बाटो गोरेटो पनि पुग्न कतै कतै
दोबाटो को पथ्थर फोर्ने घन को खाँचो छ ||

नयाँ नेपाल बनाउने सपना साकार पार्न
शान्ति लाई अंगाल्ने तन को खाँचो छ ||

आपस मा नजुधेर संगै अघि बढ्ने
नेपाली भै नेपाली पन को खाँचो छ ||

कसको ईच्छा नहोला र सुन्दर नेपाल हेर्ने
राम्रो नेपाल बनाउन लाई जन को खाँचो छ ||


मेरो गाउँ ,विदेश र मेरो सम्झना हरु ||

सम्झनाका तरेलीहरुमा रम्दा रम्दै र गम्दा गम्दै एक युग नै पो बितिसकेछ गाउँलाई फर्केर नहेरेको पनि । मायाँ नभएर भनुँ त कसरि भनुँ ‘मुटु भरि मायाँको सागर नै उर्लिएको छ’सम्झना नभएर भनुँ त कसरि भनुँ ‘यादहरुले आधि ज्यान नै सुकि सकेको छ’। प्रदेशको ब्यस्त जिवनमा फुर्सद नै कहाँ पाईन्छ र चाहेर पनि गाउँ घरको तिर्सना मेटाउन । झण्डै आठ बर्ष अघि जब यस मरुभूमिमा पहिलो पाईला टेकेको थिएँ, आज सम्झँदा कता कता झल्याँस्स ब्यँझे जस्तो भान हुन पुग्छ । अन्नपूर्ण हिमालदेखि बगेर आउने चिसो हावाको बहाब र लंकाकोटको काखमा अवस्थित मेरो अबतरण भूमि छोरेखर्कलाई जब सम्झन पुग्छु फेरि तिनै आवाजहरु कानमा गुन्जन पुग्छन् । कोहिलीका कुहु कुहुरुपी करतल ध्वनिहरुले जब गाउँको मौनता भंग गर्थ्यो ‘रमाउन मन लाग्थ्थो उसैको लयमा अनि गाउन मन लाग्थ्थो उसैको स्वरमा’ ।
________________________________________जिवन त यसै पनि कष्टकर थिंदै थियो । कहाँको मेरो सुन्दर अनि हरियाली थुमपोखरा अनि कहाँको बालुवा नै बालुवाको बन्जड शहर दोहा । सबै परिबेशहरु नयाँ र नौला हुनु त आफ्नो ठाउँमा थिंदै थियो तर त्यो भन्दा पनि बेशी गाउँको सम्झनाले कुटु कुटु मननै खाँदा आँखाहरु रसाउन पुग्थे र भक्कानो छुट्थ्यो । मनका यादहरु दृष्य बन्दै गाउँतिर एकोहोरिन्थे तर ति सुनौला यादहरुलाई मनमै साँची आफैमा खुम्चिनु शिवाय कुनै उपाए नै थिएन तैपनि गाउँको त्यो रमणिय दृष्यहरुलाई बन्द आँखाहरुले नियाल्ने गर्थैं ।
दोहाको बलौटे जिवनबाट यसो के फुर्सद मिल्छ, सरिर थकाईले लखतरानै भएपनि सम्झन पुग्छु तिनै गाउँ बेशी र पाखाहरुलाई, अनि गाउन पुग्छु तिनै भाकाहरुमा जहाँ गाउँदै र सुसेल्दै हिड्थें, रमाउँथें र नाच्थें पाखाहरुको गीत संगै । यादहरुको भेल त आज पनि मन भरि उर्लिई नै रहन्छ, ‘सम्झँदै सरस्वती मा वि उदियाचौर, आँधीखोला र फेदिखोलाका गल्छेडाहरुलाई । याम बहादुर गुरु ,मुक्ति गुरु र चण्डी गुरुहरुले घोकाएका पाठहरु र वहाँहरुबाट प्राप्त ज्ञानको महत्व त बल्ल अहिले आएर पो बुझ्दै छु । हाफ छुट्टिमा आँधीखोलाका किनारमा डुम्रि टिप्न झर्दा साथीहरुको लहै लहैले पौडन पुगिन्थ्थो र घण्टी बजेको समेत थाहा हुदैनथ्थो । त्यस पछि मास्टरका डण्डा खाएका ति मीठा अनुभुतिहरु सम्झँदा आज पनि कता कता कुतकुति लाग्न थाल्छ र फेरि त्यहि शैशबकाल खण्डमा हराउन मनलाग्छ । विडम्बना, कालको गतिलाई कस्ले पो फर्काउन सकेको छ र ? यदि यस्तो हुन्थ्थो त म पनि फर्कन्थें तिनै अतितको सुनौलो कालखण्डमा र फेरि चड्थें होला डुम्रिका रुखहरुमा र बग्थें होला आँधीखोलाका भेलहरु सँगै । पारिपट्टीको सिध्दार्थ राजमार्ग, सिरानमा पेलाकोट र सिर्सेकोट, आँधीखोला बगलमै रहेको उदियाचौरको काखमा अवस्थित सरस्वती मावि, जब आफ्ना अतितका पलहरुलाई हामीसंगै गाउन थाल्छ ‘लाग्छ पुनर्जिवन मिले सरह’ र आँफैमाहराउनपुग्छुम ।
लेख्दा लेख्दै कलम संगै बगिदिएछ मन र हराउन पुगेछु एकाएक । मान्छेले चाहेमा के नै पो गर्न सक्दैन र यस्को उदाहरण बनेको छ आजको दोहा । आठ बर्ष अगाडीको यो शहर र आजको शहरमा तुलना नै गर्न नसकिने भएको छ । हामी नेपाली र त्यसमा पनि यहाँ रहेका हजारौं स्याङजाबासीहरुको पनि कम मेहनत छैन यो शहरलाई यत्तिको बनाउनमा । शुरुमा त के नै पो थियो र यहाँ अनि को नै पो थियो र जिल्लाबासिहरु तर आज जता ततै भेटिन्छन् गाउँघरका ठीटाहरु । यिनै जोशिला र आँटीला ठीटाहरुको प्रयासले स्थापित “ स्याङजा सेबा समाज “ एक प्रतिष्ठित संस्थाको रुपमा स्थापित भैसकेको छ दोहामा । कता कता लाग्छ बिदेशमा खर्चे जति जोश , जाँगर , शिप र मेहनत यदि आफ्नै स्याङजामा खर्चिन पाईन्थ्थो त आज मेरो स्याङजा पनि सायदै संसार कै उन्नत शहर सरह नै समृद्दशाली हुने थियो होला । शुरुका दिनहरु सम्झँदा सानो समाचारको लागी पनि नेपाली अनुहार खोज्नु पर्थ्थो र पुलिसका डण्डा समेत खानु पर्ने अवस्था थियो । तर अहिले आएर मेरो स्याङजा डट कम मा कार्यरत सबै स्याङजा प्रेमी दाजु भाई तथा दिदी बहिनीहरुको मेहनत अनि अटल लगन र प्रयासले जिल्लाको ताजा खबर यस बिरानो मुलुकमा भए पनि दिनानुदिन पढ्न पाउँदा आफूले आफैलाई भाग्यमानी ठानेको छु र गर्वले छाती पनि चौडा भएकोमहशुसहुन्छ।
आखिर म कुनै लेखक पनि होइन, अझ भन्नुपर्दा मलाई लेखनको खासै ज्ञान पनि छैन, फेरी पनि कलमरुपी घोडा चढेर हिंड्ने प्रयासमा लगाम यहाँहरुको हातमा छोडेको छु । आशा छ यहाँहरु ले सहि बाटो हिडाउनु हुने नै छ । कुनै बस्तु आफुबाट टाडा छ भने त्यो बस्तु बढी प्यारो हुन्छ रे ! सायद त्यहि भएर हो कि गाउँको यति मायाँ लागेको । हुनत कसको ईछ्या हुँदैन र आफ्नो गाउँ बिकसित होस् , आफु पनि गाउँमै बस्न सकिने बातावरण बनोस , सपनीमा होइन बिपनीमा नै गाउँ बेसी गर्दै दिन काट्न सकियोस भन्ने तर खोइ कहाँ पो पाईएला र यो मनले खोजेको र त्यो मनले रोजेको । यसो भन्दैमा गाउँको विकासै नभएको भने पक्कै होइन । फेरी अहिले बाँयटारीदेखि डुम्रे भन्ज्याङ अनि सिर्सेकोट सम्मको कच्ची बाटो मै भएपनि जिपहरु दौडींदा त डाँडाखर्कको सिर भरि रातो सिन्दुर थपिए सरह नै भान हुन्छ । घन्टौ लाग्ने सिर्सेकोटको ठाडो उकालो केहि क्षणमै ट्याक्सको गडगडाहटपूर्ण हुँकार सहित घुम्दै काट्दाको मज्जा यहाँ बर्णन गरि साध्यनै छैन । विकास अनि सम्भावनाका सयौं खानीको केन्द्र थुमपोखरा गाबिस भवनलाई पनि तिनै कच्ची बाटोबाट भए पनि जोड्ने प्रयास हुँदै गरेको समाचार सुन्न पाउँदा त झन मननै खुसीले फुरुङ्ग हुनपुग्छ । अझ गाबिस भवन संगै रहेको बायँखोला वरीपरिको सुन्दरता र यहाँका मनोरम प्राकृतिक छटाहररुले कस्को पो मन नछोला र ?
प्राय सबै जन जातिहरुको बसाईं रहेको थुमपोखरामा जम्मा नौ बटा वडा रहेका छन् । सिर्सेकोट,पेलाकोट ,तिन्दोबाटे गाबिस संग जोडिएको थुमपोखराका किसानहरु निकै कुरामा अगाडी पनि छन् । कफी उत्पादन गरेर स्याङजाको नाम देशभर नै पुर्याएका कुराले उनिहरु प्रति गर्व गर्न मन लाग्छ । यति मात्र नभै दुध उत्पादन बढाएर स्याङजालाई नै गोरसीलो जिल्ला बनाई रहेका छन भन्दा त झनै खुसीको सिमा नै रहँदैन। समय बदलिंदो छ । नयाँनेपाल बनाउने अभियानमा हामी सबै लागेका छौं । आशा गरौं हामी सबै ले सोचे जस्तै हुने छ मेरोस्याङजा , मेरो थुमपोखरा , मेरो छोरेखर्क अझ भनौं मेरो नेपाल । लंकाकोट जस्तो इतिहास बोकेका ठाउँलाई धार्मिक अनि पर्येटकिय स्थलको रुपमा अगाडी बढाउन सके कति राम्रो हुने थियो भन्न चाहन्छु । जाँदा जाँदै , दाजु रत्न काफ्ले ले “मातृभूमिको यादमा………” गाए झैं मलाई पनि गाउन मन लाग्यो उहि गीत -
मनको बह पोखँ कहाँ याद आउँछ यदा कदा ,
मातृभूमि तिमीलाई मेरो नमस्कार छ सदा सदा
….नमस्कार छ सदा सदा !!

मदनडुम्रे”बिद्रोही”
थुमपोखरा५छोरेखर्क
हाल – दोहा कतार