खाए लाग्छ थाहा थियो फेरी पनि खाएँ मैले
सुन्ने यहाँ कोहि छैन फेरी पनी गाएँ मैले||
नचिनेर आफ्नै छाँया आफै संग भागी भागी
अनायासै आफ्नै मनका सयौ घुम्ती धाएँ मैले ||
मैले हिड्ने बाटो भरी सजाईएका फुल थिए
अर्कै बाटो लागी आफै पाउनु दुख: पाएँ मैले||
चोट माथि चोट दिई जानी जानी आफै लाई
नसुनेर मनको कुरा धेरै पर आएँ मैले ||
टुटी जाने तारा जस्तै खुसी हरु हराउदा
फाटेको यो मन जोडी मुस्कानले छाएँ मैले
मदन डुम्रे"बिद्रोही"
थुमपोखरा --५, स्याङ्जा