My Blog List

Tuesday, August 10, 2010

गजल"बाँच्दै छु"

हाँस्दैछु परेलीमा आँसु सुकाएर
बाँच्दैछु मनभित्र पिडा लुकाएर ||

पराई आफ्नो छाँया हुदा आफै संग
खोज्दैछु आफै लाई साहस् जुटाएर ||

टाढीदा लक्ष्य हरु खोज्दै भेट्ने बाटो
हिड्दैछु अनायासै घाउ खुटाएर

भिजायो आफै लाई भत्की मन्को बाँध
थुन्दैछु आफ्नै मिठा आशा फुटाएर ||


मदन डुम्रे"बिद्रोही"

स्याङ्जा/नेपाल
२५ साउन २०६७

कविता "हामी नेपाली हरु "

जननीको आँखाबाटै आफ्नो संसार देख्ने उ
उनकै कम्पित हातबाट बिदाको साईत् लिएर
लम्कियो नयाँ गन्तब्य तिर
सोच्यो बिदेसिनु अभिसाप त होइन? !
तर! त्यहाको परिदृश्य हरु नियाल्दै
उसलाई भन्न मन लाग्छ
उफ !हामी नेपाली हरु ||

प्राय जसो अर्थहीन समाचारले लत्पतिएका
अखबार हरुमा टासिएको खबर!
कोहि गहिरो निद्राबाट जागेन सदाको लागि
कोहि साहुको ऋणबाट मुक्ति खोज्यो सदाको लागि
उसका चक्षुहरु रसाउदै भन्छन
उफ!हामी नेपालीहरु ||

त्यहाँ बाचेकाहरु पनि कम मरेका छैनन्
सुर्योदय भन्दा पनि अगावै देखि
निरन्तर चलिरहेका गैती र बेल्चा
संग प्रगाढ साईनो गाँसेका उनीहरु
तर समय को तिरस्कारमा परेका उनीहरु
महिनौ भै सक्दा पनि तलब नपाएका हरु
प्रगतिको निसान क्षितिज् पारी सम्म
नदेखेर सुकेका ओठबाट
अनायासै निस्किन्छ
उफ! हामी नेपालीहरु |||

स्वदेश तिर फर्केर हेर्दा
उ देख्छ,
लडीरहेका आपस मै
फुटीरहे का आपस मै
कुर्सिको लागि जनको
टाउको टेकेर रमाएका
कुदृश्य हरु
फेरी घामले डढेको
ललाट् खुम्च्याउदै
भन्छ उ !
उफ! हामी नेपाली हरु ||

मदन डुम्रे "बिद्रोही"

थुमपोखरा ५ स्यांग्जा