
सपनीमा मेरो गाउँ धेरै पछी आएँ आज
हराएको खुसी मेरो धेरै पछी पाएँ आज ||
उस्तै छन डाँडा पाखा हुर्किएको ठाउँ प्यारो
चौतारीको चिसो हावा धेरै पछी खाएँ आज ||
कान्छी उस्तै माया उस्तै बोलि कती मिठो
उनि संगै चोखो माया धेरै पछी लाएँ आज ||
बहाना'भो मिलनको खुसी साट्ने सबै संग
सबै संगै मिठो गीत धरै पछी गाएँ आज ||
आफु लाई आफै संग पाए जस्तै लाग्दा यहाँ
रसाएको छानो मनको धेरै पछि छाएँ आज
मदन डुम्रे "बिद्रोही"
स्याङ्जा/ नेपाल