My Blog List

Friday, July 16, 2010

गजल “रहर”

मायाको सागर तर्ने रहर भो
कसैको भरमा पर्ने रहर भो ||

के’बाँच्नु बेरङ्ग कोरा कागजझैँ
कसैको तस्बिर भर्ने रहर भो||

पुगेर उनको मिठो सपनीमा
आँखाको निदरी हर्ने रहर भो ||

गाह्रो छ एकलै बाँच्न संसारमा
जुरेमा घरजम् गर्ने रहर भो ||

बाँचेर उनकै निम्ती जुनी जुनी
मायाकै काखमा मर्ने रहर भो||

मदन डुम्रे “बिद्रोही”
२० आषाढ २०६७

No comments:

Post a Comment