My Blog List

Monday, July 12, 2010

प्रियसी संग बिछोड हुदा (कविता)

कति बसौ बिछोडमा नै अब छिट्टै फर्किदै छु सानु,
तिमीलाई भेट्न आउँदै छु म दोबटोमा पर्ख है त सानु ।

दुइ दिन को छोटो जीवन यो मरिजाने चोला,
तिमीलाई रुवाइ बिदेशिय हातमा बोकी झोला।
धेरै धन कमाएर खुसि राख्ने सपना देख्दा,
अनायेसै रुवायेछु नजानेरै तिमीलाई सानु ।।

भो चाहिदैन धन र सम्पती तिम्रो माया पाए पुग्छ सानु ,
भन्थ्यौ तिमीले सम्झियर अहीले मन दुक्छ सानु।
धनको अर्थ के नै रहयो मन मा शान्ति नभए पछि,
चिन्तामा नै दिन बिताउदै हौली मैले छोडेर आएपछी ।।

हौली तिमि मेला पात, घास दाउरा गर्दै बन पाखामा,
सजाएर आउँदै छु म तिम्रै तस्बिर दुई आँखामा सानु।
तिम्रै यादमा कति रात कोल्टे फेर्दै बिताउदा,
तिमीलाई पनि उस्तै होला सानु सम्झनाले सताउदा।।

बिछोडको बयान के गरौ सानु तिमीलाई पनि उस्तै होला,
मैले जस्तै सम्झिएर तिम्रो मन पनि रुन्थ्यो होला।
सपनिमा देख्दा तिमीलाई सन्सारै म भुल्ने गर्थे सानु
बिपनिमा तिम्रै यादमा तड्पिएर एक्लै दुल्ने गर्थे सानु ।।

कस्ता भा छन् बाबा आमा कस्तो भए होला गाऊ
सोच्दा पनि मिलन को पल उमङ्ग ले छोड्छ ठाउँ
कति बसौ बिछोडमा नै अब छिट्टै फर्किदै छु सानु,
तिमीलाई भेट्न आउँदै छु म दोबटोमा पर्ख है त सानु ।

मदन डुम्रे "बिद्रोही"
थुमपोखरा ५ छोरेखर्क
हाल दोहा कतार
Wednesday, January 20, 2010

No comments:

Post a Comment