My Blog List

Monday, July 12, 2010

"सानी छोरी"

टुकुन टुकुन हिडछिन अरे मेरी सानी छोरी
बाबा खोइ त?सोध्छिन अरे उनि घरि घरि

उनको तोते बोलि सुन्दा सुन्नेजती लठ्ठपर्ने
निश्चल मन को भावना ले उनले त्यस्तो प्रश्नगर्ने
न त मैले देखे को छु न त उनलाई भेटेको छु
उनको सुन्दर मुहार मैले मनै भित्र कोरेको छु

पटक पटक बाबा खोइ त भनि उनले सोध्छिन अरे
बाबा नआई माम नै खान्न भनि मुहार बिगार्छिन रे
कोहि बाटो हिडेको देखि मेरो बाबा हो कि भनि
मम्मी संग सोद्धा मलिन हुन्छिन उनकी मम्मी पनि

उनको बालापन देखि पुरै घर भाबुक हुन्छ रे
त उनको नादानी देखि देखि धेरै जना रुन्छन रे
त टुकुन टुकुन हिडछिन अरे मेरी सानी छोरी
नचिन्ने पो हुन् कि उनले डर मलाई लाग्छ घरि

धेरै दिन छैन अब भेट्न उनलाई मैले तर
नचिनेर अंकल भनि बोलाऊछिन् कि भन्ने डर
उनको मिठो बोलि सुन्न मलाई निकै हतार भाछ
उडी जाउ कुदी जाउ भने जस्तै मलाई भाछ

टुकुन टुकुन हिडछिन अरे मेरी सानी छोरी
बाबा खोइ त?सोध्छिन अरे उनि घरि घरि

मदन डुम्रे "बिद्रोही"
थुमपोखरा५ छोरेखर्क
हाल - दोहा कतार
मेरी सानी छोरि "मन्दीका"

No comments:

Post a Comment