My Blog List

Saturday, July 10, 2010

गजल “तिमीलाई”

खरबारीको खर काट्दा हेरिरहेँ तिमीलाई
मनैमनले बाँधी पर्खाल घेरिरहेँ तिमीलाई ||

मिठो स्वरमा गायौ खरको मुठाबान्दै लोकभाका
त्यैमिठासमा थपी साईनो बेरीरहेँ तिमीलाई ||

भारी पु-याई कस्यौ कम्मर चट्ट नीलो पटुकीले
चोली समाई लुक्दा यौबन केरिरहेँ तिमीलाई ||

बिसाई भारी थकाइ मारी , सुसेलेर बोलाउँदा
जीवन चल्ने स्वाँस बनाई फेरीरहेँ तिमीलाई ||

कति हिड्नु पछ्याउदै खरबारी बनपाखा
“डुम्रे”बनाई भित्रयाउन टेरीरहेँ तिमीलाई||

”थुमपोखरा ५ छोरेखर्क

No comments:

Post a Comment