My Blog List

Saturday, July 10, 2010

गजल “चाहिदैन तिम्रो माया”

केही छैन भन्नु मेरो माया देखी तर्कने लाई
मिठै बोलि बोल्दा पनी जानी जानी झर्कने लाई||

नसुनेर आग्रह’त्यो चाहनेले बोलाउदा’नि
यौवनको घमण्डले पिठ्यु फेरी फर्कने लाई ||

सस्तो छैन मेरो माया बजारमा बिकाउसरी
वास्ता दिन्न मैले पनी धर्ति सरी चर्कने लाई||

सम्झाउदा नसम्झने ढुङ्गा जस्तै कस्तो मन त्यो ?
भुलिदिन्छु बेमौसमको झरी सरी दर्कने लाई ||

अमृत जस्तो चोखो माया “मदन”ले न्यौछार गर्दा
धिक्कारै हो फेरी पनी बिष घोली छर्कने लाई ||

मदन डुम्रे “बिद्रोही”
स्याङ्जा नेपाल

No comments:

Post a Comment