My Blog List

Tuesday, July 13, 2010

“गजल” सम्झन नी’ छोड्यौ सानु

बाडुल्की नी’ लाग्या छैन, सम्झन नी’ छोड्यौ सानु
सपनीमा भेटिंदैनौ, मन कता मोड्यौ सानु||

जतन गरी मुटुभित्र, राखेकोछु भन्थें माया
अनायासै मनको द्वार, कसो गरी तोड्यौ सानु||

जीवनभरी साथ दिने, बाचा-कसम सबै भुली
दोबाटोमा एक्लै पारी, अन्तै नाँता जोड्यौ सानु ||

संसारमा दु:ख-सुख, सबै हेर्ने नजर भन्थ्यौ
आज आफै सिंगारीदै, धनको ओढ्नी ओड़यौ सानु||

मदन डुम्रे”बिद्रोही”

No comments:

Post a Comment