My Blog List

Tuesday, July 13, 2010

बिछोड को याद “कविता “

मलाई छोडी नजाउ भनी तगारो मा बसी रुँदा
आँसु सागर बगाउदै दुइ हातले पाउ मा छुदा ||

मैले तिमीलाई समस्याका नाली बेली देखाउदा
अझै पनि यादछ मलाई बँचन बस्यो बोलाउदा ||

मलाई पनि मन थिएन रुवाऊदै तिमीलाई छोड्ने
देउरालीमा खा’को कसम चोखो बचन यसै तोड्ने

पूर्व बाट अस्ताउदै जुनले पनी रोक्दै थियो
प्रभातको शिशिर ले पात मा सीत पोख्दै थियो ||

क्षितिज बाट हेरी रहे तिम्रो त्यो अतिम बिदाई
नजरले देख्नै छाड्यो मन थाम्न गार्हो मलाई ||

याद आउछन यात्रा भरी तिम्रा मिठा कुरा हरु
बिछोडले रोप्दै थियो मुटु भरी छुरा हरु ||

पर्खी बस फर्की आउछु अस्ताएको उषा सरी
संगै बस्ने हाँसी खुसि चखेवाले जस्तै गरी||

मदन डुम्रे”बिद्रोही”
५ जेठ २०६७

No comments:

Post a Comment