My Blog List

Tuesday, July 13, 2010

गजल


हाम्रो माया दुखाँउने शूल होइन बिन्दू
जानी जानी गरीएको भुल होइन बिन्दु ||

सँधै संगै हुनुपर्छ तारा जुन जस्तै
चैत मास सुकिजाने मूल होइन बिन्दु||

जोडी होस चखेवाझैँ माया माया भा’को
हात लाग्दा बिझाउने फुल होइन बिन्दु||

हेरे राम्रो राम्रै हुन्छ आफ्नै नजरले
खोली तर्दा भत्की जाने पुल होइन बिन्दु||

नजीर होस समाजमा हाम्रो जोडी सधै
एकै पल्’मा हराउने हुल होइन बिन्दु ||

मदन डुम्रे “बिद्रोही"

No comments:

Post a Comment