My Blog List

Tuesday, July 13, 2010


गजल "तिम्रै लागी"
परेलीका आँसु पिई तिम्रै लागी बाँची दिन्छु
खुसी हरु सजाएर तिम्रै
लागी साँची दिन्छु||

तिमी हिड्ने बाटो भरी फुलै फुल सजाउदा
बाटो छेक्ने काँडा हरु तिम्रै लागी भाँची दिन्छु ||

खुसी हरु टाढा हुदा रिसाएर हामी देखी
दुख साटी हाँसो संग तिम्रै लागी नाची दिन्छु

मिलनको संघारमा अंगालोमा तिमीहुदा
धड्कनको चाल थामी तिम्रै लागी जाँची दिन्छु ||

मदन डुम्रे "बिद्रोही"


२९ असार २०६७

No comments:

Post a Comment