My Blog List

Friday, July 16, 2010

गजल “लजाएर”

समाउछु हात भन्दा तान्यौ लजाएर
निश्चलती नजरले हान्यौ लजाएर||

ढुकढुक हुदा तिम्रो मुटु परी दोधारमा
आफैसंग आफैलाई छान्यौ लजाएर||

द्वार खोलि चाहनाका पर्खी बसेकोथे
कलेजीमै बास बस्न मान्यौ लजाएर||

फुल संग भेट हुदा लोभी भमराको
यौबनले पोल्दो रैछ भन्यौ लजाएर||

मिलनको मधुरश कस्तो हुदो रैछ
समिपले मायालुको जान्यौ लजाएर||

मदन डुम्रे १५ आषाढ २०६७

“बिद्रोही”


गजल “रहर”

मायाको सागर तर्ने रहर भो
कसैको भरमा पर्ने रहर भो ||

के’बाँच्नु बेरङ्ग कोरा कागजझैँ
कसैको तस्बिर भर्ने रहर भो||

पुगेर उनको मिठो सपनीमा
आँखाको निदरी हर्ने रहर भो ||

गाह्रो छ एकलै बाँच्न संसारमा
जुरेमा घरजम् गर्ने रहर भो ||

बाँचेर उनकै निम्ती जुनी जुनी
मायाकै काखमा मर्ने रहर भो||

मदन डुम्रे “बिद्रोही”
२० आषाढ २०६७

गजल “नडराउ”

पूर्णिमाको रातमा बोल्दा नडराउ

चुलिएका चाहना खोल्दा नडराउ||

जून जस्तो मुहार हुदा समिपमा

अंगालोको रापले पोल्दा नडराउ||

मिलनको नशाले हुदै मदहोस
मायाको त्यो मिठास घोल्दा नडराउ||

मधुमास नहोला सधै जीवनमा
कैले काँही यसले टोल्दा नडराउ||

नाफा-घाटा मायामा हुन्न भन्दा पनी
बिछोडले औशीमा मोल्दा नडराउ ||

टोल्दा = झुक्याउँदा
मोल्दा= मूल्य बोल्नु /मोलतोल गर्नु
चाप्लुसी गर्नु

मदन डुम्रे”बिद्रोही”
७ आषाढ २०६७


गजल “सान्नानी “

खुसि लाग्यो मेला भर्न आयौ सान्नानी
अर्म पर्म खेताला’नि लायौ सान्नानी ||

रुझाउदै हिलो खेल्ने रहर् सांच्याथे
फाट्या घुम भोर्ले पात्’ले छायौ सान्नानी||

आमा पनि मक्ख परिन हेर्दै बुहारी’
मिठो मान्दै अर्नी संगै खायौ सान्नानी |

तिम्रो मेरो साथ देखि जल्ने गाउँले
उन्कै सामु असारे गीत गायौ सान्नानी

सुहाउने चोलि कस्तो मिल्या टपक्क
सब्ले भने “डुम्रे “थर पायौ सान्नानी ||
मदन डुम्रे “बिद्रोही”
स्याङ्जा नेपाल


हजुरलाई

आउनु होला भनि बसे कुर्दै म त हजुरलाई
सोचेको छु बाड़छु खुसि भेटे पछि हजुर लाई

दिनु होला बास भनि मन को दैलो उघारेर
पर्खी बसे दोमन को चौतारी मा हजुरलाई
देख्ने चाह तपाईको नानी भित्र आफैलाई
राखौ कि त मुटु भित्र सजाएर हजुर लाई

तपाई को मन मन्दिर मा मुर्ति छ कि कसै को
भेटे पछि सोध्छु भनि साँची रहे हजुर लाई
फुल सिउरी केश माथि हास्दै हिड्यादेखे पछि
नजर ले पछ्याई रहे जुन सम्म हजुर लाई

कर्के आँखा झिम्काउदै हिड्नु भाको साथी संग
लुकी लुकी हेर्दै आय डाडा खर्क माथि सम्म
फेरी कहाँ भेट्न भनि साच्दै थिएँ सपना हरु
डाले घास काट्दै देखे अर्चेले मा हजुरलाई

कुदयो पापी नजर त्येतै मुटु छोड्ला जस्तो लाग्यो
डाले घास को भारी कस्दा हेरी रहे हजुर लाई
त्यो दिन मैले हिम्मत गरि मन को बाध खोल्छु भनि
सुसेली ले बोलायेथे छोरेखर्क बाट हजुर लाई

आउनु हुन्छ फेरी भनि पर्खे को छु हजुरलाई
सुम्पी दिन्छु चोखो जोबान भेटे पछि हजुर लाई



गाउँ फेरिएछ

निकैपछी आँए गाउँ फेरिएछ
लुकामारी खेल्ने ठाउँ फेरिएछ ||
मिलनको दिप बल्दा मनै भरी
मन तर्ने बाटो नाउ फेरिएछ ||

माया उस्तै मिठो हाँस्दा हिमालले
नजरले लाग्ने घाउ फेरिएछ||

आगमन हुदा खुसि आगंनिमा
मुटु साट्ने कस्तो दाउ फेरिएछ||
आफ्नो धर्ति आफ्नै हुदा गाऊँ घर
समयको हाउ भाउ फेरिएछ|

गजल “मनको पीडा

गजल “भुल थियो ”

गीती कविता “सफा मन”

मन्दिरमा होइन देउता आफ्नै मनमा खोज
जानेर पाप पुण्य अशल मार्ग रोज||

नजाउ सुन्दर मुहार तिर खोज सुन्दर मन
सन्तोषमै हुन्छ सुख केहि होइन धन||

आफ्नो धर्ति आफ्नै हुन्छ नहोउ परमुखी
खुसि देखि कसै लाई नहोउ तिमि दुखि: ||

सादा जीवन उच्च बिचार राख आफु संग
भेट्नेछौ सफलता नहुनु कैले दंग||

जीवन यो अमुल्य छ सदुपयोग हुनु पर्छ
नहाँस्नु रुवाएर तिमीलाई पनि रुनु पर्छ ||

कर्म गर धर्म यही बाटो हुदै आउनेछ
धैर्य गर फाटी बादल छिट्टै उषा छाउनेछ||

मदन डुम्रे “बिद्रोही”

“उजेली” गजल

आज हाम्रो मेला भर्न आउ’है उजेली
मैले तिर्न सक्ने पर्म लाउ’है उजेली ||

भरे साँझ गोरे दाईकाँ नारन पुजा रे’
सब्ले बुझ्ने लोक भाका गाउ’है उजेली||

भोली व्यानै संगै जाने माहारा तिमी म’
देबी सामु भाकी कसम् खाउ’है उजेली ||

हाम्रो साथ देखी सबै गाँउले रिसाए
यिन्को आँखा छली घर जाउ’है उजेली ||

धेरै चिन्ता लिने हैन साथमा मै’छुनी
मेरै बनि “डुम्रे”थर पाउ’है उजेली ||

मदन डुम्रे “बिद्रोही”
थुमपोखरा ५ स्याङ्जा

“पिएँ अलि अलि” गजल

मात लाग्छ जानी जानी पिएँ अलिअलि ||
छिया छिया मन जोडी सिएँ अलिअली ||

मुटु दुखी: बेदनाले हुदा अश्रु झरी
नशा संगै पिडा धोई दिएँ अलिअली ||

बिर्सिएर आफै लाई आफै हराउदै
पिउनुको मन्द मजा लिएँ अलिअली ||

कति हाँस्नु रुखो हाँसो घाउ लुकाएर
सबै भुली आफ्नै लागि जिएँ अलिअली ||

पिउदैन कोहि पनी आफ्नै रहरले
नपिउदै होशमा नै थिएँ अलिअली ||

मदन डुम्रे”बिद्रोही”
१६ जेठ २०६७
“मदनले मदिरा सेवन गर्दैन है “

“काली” गजल

हिंड्दै थिएँ बजारमा भेटें कालीलाई
तल्ला घरे साईलाकी कान्छी सालीलाई ||

कता कता सुन्या थिए चर्चा गाउँतीर
बिहे गर्न जुर्याछ’रे यसै पालीलाई ||

कस्तो चट्ट रुपरंग उस्तै जिउडाल
भरी दिन्छु सिउँदोमा भा’को खालिलाई ||

उस्का साथी धेरैदेखेँ थाम्ने नजरले
भेट्नै पर्ने देखे मैले फूल्को मालीलाई ||

फेरी उस्ले के भन्नेहो मनमा काउकूती
जे त होला सहीदिन्छु मिठो गालीलाई||

मदन डुम्रे “बिद्रोही”