My Blog List

Saturday, July 10, 2010

एक्लो जीवन”

सधै एक्लो जीवन बाँच्नु कतिदिन
मनभरी तिर्सना साँच्नु कतिदिन? ||

वेदनाले डसेर रुँन्चे बनाउदा
परेली यो रुझाई हाँस्नु कतिदिन ?||

प्रियसीको तस्बिर बोल्दा कैले’काँही
पलाएको मुनानै भाँच्नु कतिदिन ?||

लहरभै’ उर्लदा मन सागरमा
आफ्नै मन कसीले जाँच्नु कतिदिन ?||

आशा सबै विलाए खोज्दा भेटिदैन
बिनाधुन “डुम्रे”यो नाँच्नु कतिदिन ?||

मदन डुम्रे “बिद्रोही”


No comments:

Post a Comment