My Blog List

Saturday, July 10, 2010

गजल “तिम्रो हुन ”

नसकेमा तिम्रो हुन मरीगयो नभने’है

जानी जानी भुमरी मा परीगयो नभने’है ||

बाध्यताको परीधिमा नचाहेरै फसेंभने
परेलीको आँशुसरी झरीगयो नभने’है ||

कर्तव्यले मेरो यात्रा अन्त कतै मोड्यो भने
निष्ठुरीले मेरो माया हरीगयो नभने’है||

कसै गरी सिउदो’त्यो भर्न मैले पाईन् भने
स्वार्थी रै’छ बसाई’नै सरीगयो नभने’है||

तिम्रै थियो “डुम्रे” सधै जुनी भरी तिम्रै हुन्छ
भन्ने कसम भुली खोली तरीगयो नभने’है||
मदन डुम्रे “बिद्रोही”

No comments:

Post a Comment