My Blog List

Saturday, July 10, 2010

गजल “गुनासो”

जलीरह्यो मन मेरो नबोलेरै बस्यौ तिमी
काँचो हुदै छुट्ला माया नासोचेरै कस्यौ तिमी ||

गल्ती भयो अन्जानमै भनी मैले माफी माग्दा
नजरमा आफैँ’ किन नसुनेरै खस्यौ तिमी ||

मन मुटु सबै साटें आफ्नै ठानी तिमीलाई
सबै भुली गुन राम्रा नभनेरै डस्यौ तिमी ||

बिन्ती गर्दा मन फेर्न रीस राग सबै भुली
जानी जानी भुमरीमा नमानेरै पस्यौ तिमी||

जती आँखा तरेपनी पर सरी मन मारी
छाड्ने छैन “डुम्रे” यसै माया जाल्’मा फस्यौ तिमी|

No comments:

Post a Comment